• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
राजनीति

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन एमालेको ह्वीप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

 

असार २८ गतेको प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूलाई अनिवार्य उपस्थित हुन र प्रधानमन्त्री ‘प्रचण्ड’ ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो । एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला आज सो व्हीप जारी गरेका हुन् ।

 

“सरकारलाई विश्वासको मत नदिने निर्णय भएको छ”, बैठकपछि उनले भने, “सरकारले स्थिरता, विकास र समृद्धिका पक्षमा विश्वासलाग्दो आधार निर्माण गर्ने परिस्थिति विकास नगरेकाले मत दिन नसकिने निर्णय भएको हो ।”

 

संसदभित्र जनता र देशको भावनालाई प्रतिपक्षको बेञ्चबाट सशक्त, सिर्जनात्मक र रचनात्मक भूमिका निर्वाह गर्ने, सरकारलाई संसद्प्रति जवाफदेही बनाउने, संसदीय मूल्य मान्यतालाई स्थापित गर्दै अघि बढ्ने निर्णय भएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार