• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
देश/प्रदेश

मनकामना केबलकार स्तरोन्नतिका लागि ५० दिन बन्द हुने

काठमाडौं ।  मनकामना केबलकारको सञ्चालन ५० दिन बन्द गरिने भएको छ । हालको प्रविधिलाई स्तरोन्नति गरि पूर्णरुपमा डिजिटलाइजेसन प्रविधिमा जानका लागि केबलकार सेवा ५० दिन बन्द हुने निर्देशक राजेश बाबु श्रेष्ठले जानकारी दिएका छन ।
 

 

२६ वर्ष अगाडि जडित केबलकार क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनी डोपलमायरले समेत यसका पार्टपुर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष अनुसार केबलकारको स्तरोन्नति गर्न लागिएको हो ।

 

डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न कम्तीमा ५० दिन लाग्ने प्राविधिकहरूको अनुमान छ । तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित समयभन्दा चाँडो पनि हुन सक्ने वा लम्बिन सक्ने कम्पनीको भनाई छ ।स्तरोन्नतिका लागि करिब ५० करोड रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार