• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
देश/प्रदेश

बाढी–पहिरोमा परी पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु, अधिकांश सडकहरु अवरुद्ध

काठमाडौं । शुक्रबारदेखि उपत्यकासहित देशका विभिन्न स्थानमा भएको लगातारको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । मानविय क्षति पनि ठुलो भएको छ भनेअधिकांश सडकहरु अवरुद्ध भएका छन् ।

 

गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढी–पहिरोमा परी पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ। अन्य सात जना बेपत्ता छन्।

 

शनिबार पहिरोले पुरिएर स्याङ्जामा दुई जना, पर्वतमा दुई जना र काठमाडौँमा एक जना, काभ्रेमा दुई जना, तनहुँमा एक जना र दाङमा एक जना गरी नौ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।यससँगै मनसुन सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार