• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
अर्थ

कांग्रेसले बुझायो १७ बुँदे माग पत्र

काठमाडौं।नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई स्टार्ट अप र लघु, घरेलु तथा साना उद्योगको विकासका लागि  ध्यानाकर्षण पत्र बुझाएको छ ।

 

स्टार्ट अप र लघु, घरेलु तथा साना उद्योगहरूसँग जोडिएका क्षमता, अवसर र चुनौतीलाई ध्यानमा राखेर विभाग प्रमुख कांग्रेस केन्द्रीय सदस्य सीता थपलिया (उर्मिला) को नेतृत्वमा मन्त्रालय पुगेको  टोलीले उद्योगमन्त्री भण्डारीलाई माग पत्र बुझाएको हो । 

 

विभागले सरकारको आगामी दिनमा सहुलियत कर्जा वितरणको प्रक्रियालाई पारदर्शी बनाउन विपरीत कर्जा र त्यसको प्रगति विवरण सोही वेबसाइटमा नियमित अद्यावधिक गराउन ध्यानाकर्षण गराएको विभागका सदस्य खगेन्द्र आचार्यले जानकारी दिएका छन । 

 

  नवीनताको मापदण्ड स्पष्ट गरी स्टार्टअप नीति र सम्बन्धित कार्यविधि परिमार्जन गर्न कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले माग गरेको छ ।

 

कांग्रेस

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार