• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
देश/प्रदेश

पत्रकार महिलाको क्षमता अभिवद्धि गर्न सरकारले प्राथमिकता दिनुपर्ने उपसभामुखको जोड

 

सोनी शर्मा,काठमाडौं।प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले पत्रकार मर्यादित भएमात्र समाज र नेता अनुसासित हुने बताईन् । क्रियाशील पत्रकार महिलाले पत्रकार महिलाहरुको नेतृत्व एबम् क्षमता विकासका लागी काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उपसभामुख रानामगरले विकशित देशमा पत्रकारको भुमिकाको कारण सुशासन कायम भएको भन्दै नेपालमा पनि सुशासन कायम गर्नका लागी पत्रकारको मुख्य भुमिका रहने बताएकी हुन् ।

 

उपसभामुख रानामगरले भ्रष्टाचार र अनियमिताको बिरुद्ध आवाज उठाउँदा पत्रकार जोखिममा रहेको भन्दै पार्टी भन्दा सत्यतामा रहेर वाक स्वतन्त्रता प्रयोग गर्न अनुरोध गरिन् । देश कता तर्फ लैजाने पत्रकारको हातमा रहेको भन्दै उपसभामुख रानामगरले अहिलेको डिजिटल युगमा विश्वले तुरुन्तै सूचना थाहा पाउने भन्दै सहि सूचना सम्प्रेषण गर्न अनुरोध समेत गरेकी थिईन् । उपसभामुख रानामगरले पत्रकार महिलाको क्षमता अभिवद्धिका लागी सरकारले बजेटमा प्राथमिकता दिनुपर्ने बताईन् ।

 

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले पत्रकार महिलाले नेतृत्वमा नपुग्दा सम्म अनेकौं आरोह अवरोह झेल्नुपरेको कारण पत्रकार महिला ओझेलमा परेको बताईन् । जव सम्म नीतिनिर्माण तहमा पत्रकार महिला तवसम्म केहि गर्न नसकिने भन्दै आफुलाई प्रविधिसँग जोडेर पत्रकारितामा टिक्न र विक्न सक्ने बनाउनुपर्नेमा जोड् दिईन् । अधिकारीले डब्लुडब्लुजे विशुद्ध पत्रकार महिलाको संस्था रहेको भन्दै पत्रकारिता क्षेत्रमा पत्रकार महिलाको संख्या वृद्धि गर्न आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बताईन् ।

 

उज्यालो एफएमका निर्देशक मन्टेश्वरी राजभण्डारीले पहिले र अहिले पत्रकारिताको स्वरूप फेरिएको भन्दै तालीम र अवसरले पत्रकारलाई निखार्ने बताईन् । राजभण्डारीले भन्दै पछिल्लो समय पत्रकार कोभिड झेल्नु परेको भन्दै यस्का कारण मिडिया हाउसमा असर परेको बताईन् ।

 

क्रियाशील पत्रकार महिलाको संस्थापक अध्यक्ष अध्यक्ष संगिता लामाले पहिले र अहिले पत्रकारिता र मिडियाको स्वरूप फेरिएको बताए । कार्यक्रममा फ्रिलान्सर रामकृष्ण रेग्मी, नेपाल पत्रकार महासंघका सल्लाहाकार निर्मला शर्मा, फ्रिलान्सर पुनम क्रियाशील पत्रकार महिलाको आयोजना तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रममा करिव ५५ जनाभन्दा बढी पत्रकार महिलाको सहभागिता रहेको थियो। फोटो : शोभा मानन्धर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार