• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
राजनीति

हामीलाई हटाउन सजिलो छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन।आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री  दाहालले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजे पनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबी गरे ।

 

 पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई उनले आग्रह समेत गरेका छन ।सरकारमा रहँदासम्म भ्रष्टाचार, सामाजिक न्याय र समृद्धिको निम्ति आफूले काम गर्ने बताउँदै सोही अनुसार ढुक्क भएर काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिएको उनको भनाइ छ । 

 

उनले भने 'समृद्धिको निम्ति काम गर्ने हो भनेको अहिले डेढ वर्षभयो। तरिका मिल्यो भने पूरै अवधि बसिन्छ। ढुक्क भएर काम गरे हुन्छ। हामीलाई हटाउन सजिलो छैन।'

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार