• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024
अर्थ

ट्यांकर चालक संघ र निगमबीच सहमति

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच पेट्रोलियम पदार्थ ढुवानी गर्ने सहमति भएको छ । सोमबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा इन्धन ढुवानी गर्ने सहमति भएको हो ।

 

अध्ययन गरेर सबै समस्याको बारेमा प्रतिवेदन पेस गर्ने र सोहीअनुसार माग पूरा गर्ने सहमति भएसँगै अहिले देखिएको ढुवानी समस्या समाधान हुने भएको हो । उक्त समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइने भएको छ ।

 

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार निगमको बजार व्यवस्थापन शाखाका नायव कार्यकारी निर्देशक वीरेन्द्र गोइतको संयोजकत्वमा समिति गठन हुने सहमति भएको हो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार