• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
अर्थ

सरकारले असार ७ गते बजेट पारित गर्ने

काठमाडौं। सरकारले असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ।

 

संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने भनिएको छ ।

 

गत जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याउने घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार