• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
बिश्व

बाल्टिमोर घटना : पानीमा खसेको ट्रकमा २ वटा शव फेला, २ जनाको जीवितै उद्धार

बाल्टिमोरमा पानीजहाज ठोकिएपछि भत्किएको पुलबाट खसेर नदीमा डुबेको एउटा ट्रकमा दुई व्यक्तिको शव फेला परेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

 

पट्याप्स्को नदीमाथि निर्मित २.६ किमि लामो फ्रान्सिस स्कट की ब्रिज भत्किँदा सडक मर्मत गर्न खटिएका आठ मजदुर पानीमा खसेका थिए।तीमध्ये दुई जनालाई जीवितै उद्धार गरिएको थियो। हराइरहेका बाँकी चार जना जीवित भेटिने सम्भावना नभएको अधिकारीहरूले बताएका छन्। यद्यपि खोजीकार्य जारी छ।

 

अनुसन्धानकर्ताहरू घटनास्थलमा खटिएका छन्।पुलको भग्नावशेषले थिचिएको दुर्घटनाग्रस्त पानीजहाजमा भएका घातक सामग्री व्यवस्थापन गर्ने काम पनि भइरहेको छ।

 

बेपत्ता भएकामध्ये अरू दुई जनाको पनि नाम सार्वजनिक भएको छ। प्रहरीले तीमध्ये एक जना एल साल्भडोर र अर्का होन्डुरसका नागरिक भएको जनाएको छ। दुवै जनाको मृत्यु भएको मानिएको छ।

 

यसअघि मेक्सिकोको विदेश मन्त्रालयले आफ्ना दुई नागरिकले ज्यान गुमाएको हुन सक्ने जनाएको थियो।तीमध्ये एकको पहिचान खुलेको छ भने अर्का व्यक्तिको जीवितै उद्धार गरिएको थियो।

 

अधिकारीहरूका अनुसार नदीबाट उद्धार गरिएका एक जनालाई अस्पतालले बिदा गरेको छ।मङ्गलवार राति झन्डै १:३० बजेतिर दुर्घटना भएपछि प्रतिकार्यका लागि खटेका उद्धारकर्ताले नदीमा खसेका मानिसहरूको खोज्न थालेका थिए।बीबीसी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार