• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

 

आइतबार बसेको बैठकले जनता समाजवादी पार्टीकी सांसद अन्सारीको निधनप्रति शोक प्रस्तावशोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

 

अन्सारीको उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको जनता समाजवादी पार्टीले जनाएको छ । उनी जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।

 

२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार