• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

प्रधानमन्त्री प्रचण्डलाई तेस्रोपटक विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन । बुधबारको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए ।

 

मतदानमा २६८ जना सहभागी थिए। प्रधानमन्त्रीको मत माग्ने प्रस्तावको पक्षमा १५७ मत परेको थियो। प्रस्तावको विपक्षमा ११० मत परेको थियो। र मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो। सभामुख देवराज घिमिरेले विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

 

 

प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले,माओवादी केन्द्र,रास्वपा,जसपा,नेकपा एकीकृत, नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र सांसद ( प्रभु साह,अमरेश कुमार सिंह र योगेन्द्र मण्डल) ले विश्वासको मत दिएका हुन्। कांग्रेस,राप्रपा,लोसपा,जनमतलगायतले मत दिएनन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार