• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
बिश्व

दक्षिण कोरियामा सैन्य चिकित्सक परिचालन,सरकारले दिएको थियो यस्तो चेतावनी

दक्षिण कोरियाली सरकारले हडतालमा उत्रिएका हजारौँ कनिष्ठ चिकित्सकहरूको ठाउँमा सैन्य चिकित्सकहरूलाई गैरसैनिक अस्पतालमा परिचालन गर्दैछ।

 

स्वास्थ्य उपमन्त्री जुन ब्युङ्-वाङले १६० जना सैन्य चिकित्सकहरूले बीसवटा अस्पतालमा सेवा दिने बताएका छन्।गत महिनादेखि नै कनिष्ठ डाक्टरहरू हडतालमा उत्रिएका हुन्।

 

मेडिकल शिक्षा लिने विद्यार्थीहरूको सङ्ख्या उल्लेखनीय रूपले बढाउने सरकारी योजनाको उनीहरूले विरोध गरिरहेका छन्।स्वास्थ्य उपमन्त्रीका अनुसार हडतालमा उत्रिएका पाँच हजारजना डाक्टरहरूलाई तिनको मेडिकल लाइसेन्स स्थगन गरिने सूचना दिइएको छ।

 

सरकारले पटकपटक काममा फर्कन गरेको आह्वान अटेर गरेकाले उक्त कदम चाल्नु परेको सरकारी अधिकारीहरूको भनाइ छ।अधिकारीहरूका अनुसार द्रुत गतिमा वृद्धवृद्धाको जनसङ्ख्या बढिरहेको दक्षिण कोरियामा थप सङ्ख्यामा डाक्टरहरू आवश्यक परिसकेको छ।

 

फेब्रुअरी २० तारिखदेखि ती डाक्टर हडतालमा उत्रिएका हुन्।लगत्तै दक्षिण कोरियाको सरकारले फेब्रुअरी २९ देखि काममा नफर्किए हडताल गरिरहेका हजारौँ कनिष्ठ चिकित्सकहरूलाई पक्राउ गर्ने र उनीहरूको मेडिकल लाइसेन्स खारेज गर्ने चेतावनी दिएको थियो।दक्षिण कोरियामा देशको झन्डै तीनचौथाइ कनिष्ठ चिकित्सकहरू हडतालमा उत्रिएका थिए।बीबीसी

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार