• शुक्रबार १-२६-२०८२/Friday 05-09-2025
रंगमञ्च

गुरुकुलमा कामतको ‘काल’

काठमाडौं । नाटक ‘काल’ को मञ्चन शुरु भएको छ । काल अर्थात मृत्यु र समय चक्र । नाटकले दुबैलाई छुने प्रयास गरेको छ । नाटक एक सामाजिक कथा हो, जहाँ हामी नाटकभित्र कहीँ न कहीँ आफुलाई पाउँछौ । नाटकले अहिलेको विश्व परिवेशमा देखापरेको आर्थिक मन्दी लगायत प्राकृतिक तथा सामाजिक कारणले मनोवैज्ञानिक रोगको शिकार भएका व्यक्तिहरु जो आफुलाई दुर्बल ठानेर आत्महत्याको बाटो रोजीरहेका छन्, उनीहरुको मनोवैज्ञानिक उपचारको वकालत गर्छ । 


नाटकलाई नाट्य विधाको रुप दिएर प्रस्तुत गरिएको छ जहाँ भनिएको छ, मृत्यु रोज्ने मान्छेको मृत्यु खोज्ने जागीर । शंकर खरेलको काल कथाबाट प्रभावी भएर नाटक लेखेको नाटकका लेखक तथा निर्देशक रामभजन कामतले बताए ।  नाटक तयार पार्दा आफु नाटककारको रुपमा पूर्णरुपमा रहन नसकेको उहाँको भनाई छ । एउटै व्यक्ति लेखक र निर्देशकको रुपमा काम गर्दा गाह्रो हुँदो रहेछ । 

 

निर्देशकले कलात्म कथा खोज्छ तर लेखक आफ्नो लेखन अडान छोड्न चाहँदैन । यो अवस्था धेरैले भोग्नुभएको होला । नाटक तयार गर्ने क्रममा कैयौँपटक तथ्यगत सामग्री खोज अनुसन्धान गर्दा कैंयौँपटक गुगलले तिमीलाई मानसिक डाक्टरको आवश्यकता छ भनेर सुझाव दिएको पनि उनले सम्झे ।

 

राजकुमार पुडासैनीको प्रकाश परिकल्पना रहेको नाटकको सहायक निर्देशकको रुपमा सुवास तिमल्सिना रहेका छन् । नाटकमा सुनील पोखरेल, प्रवीण खतिवडा, चन्द्र नेपाली, निता राई केशव शाही, आशिष घिमिरे, अर्जुन शिवाकोटी, सन्देश कार्की, रोशनचन्द, सलिना क्षेत्री सुरभी कामतको अभिनय रहेको छ । 

 

नाटकमा ध्वनी तथा संगीत परिकल्पना उत्सव बुढाथोकीको रहेको छ भने भेषभुषा निता राई, सलिना क्षेत्रीले गरेकी छिन् । त्यस्तै मञ्च निर्माण हुम वि.सी, पोष्टर स्केच सजन थापा मगर, मञ्चव्य वस्थापन, सुवास तिमल्सिना र पोष्टर÷ब्रोसर सुर्दशन पुलामी रहेको छ । नाटक थापागाउँको आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा मंङ्सिर १४ गते देखि ३० गतेसम्म मञ्चन हुदैछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार