लोकतान्त्रिक प्रणालीका बिरुद्ध आवाज उठाउनेलाई परास्त गरिन्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक प्रणाली बिरुद्ध आवाज उठाउने दुस्साहसलाई दृढताका साथ परास्त गर्ने बताएका छन् ।
तनहुँमा आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तन र जनताको अधिकार मन नपराउनेहरुले लोकतान्त्रिक प्रणालीका बिरुद्ध आवाज उठाउन खोजेको भन्दै त्यसलाई दृढताका साथ परास्त गर्ने बताएका हुन ।
उहाले अहिले देशलाई बर्वाद पार्ने राजाहरुको भक्तिगान गाउन थालेको र नारायणहिटी, भण्डारखाल, कोतपर्व मच्चाउनेहरुले संस्कारको कुरा गर्न थालेको भन्दै आक्रोश व्यक्त गरे । जाती भाषा धर्म सस्कृति एक भएको राष्ट्रिय गान गाउन थालेको र यसमा आम नागरिकको संस्कृति बोलेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार नै आफुले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरे र देशको सुरक्षा अवस्था सामान्य रहेको जिकिर पनि गरे । आफु प्रधानमन्त्री बन्दा एक महिना भए पनि राम्रो काम गर्छु भन्ने अठोट लिएको र ११ महिना सरकार अघि बढ्दा सुशासनको पक्षमा काम गरिरहेको उनले बताए ।
प्रतिकृया दिनुहोस