घट्यो डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ ।
भारतीय आयल कर्पोरेसन ९आईओसी० बाट घटेर नयाँ मूल्य आएपछि मूल्य प्रति लिटर ४ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ ।
घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागुहुनेछ । भारतीय आयल कर्पोरेसन ९आईओसी० बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।
प्रतिकृया दिनुहोस