प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल भएको छ ।
शुक्रबार सिंहदरबारमा भएको भेटवार्ताका क्रममा पछिल्लो राजनीतिक अवस्था, शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्ने लगाएतका बिषयमा छलफल भएको हो ।
शान्ति प्रक्रियाका कामलाई टुंग्याउनका लागि सहयोग गर्न प्रधानमन्त्री प्रचण्डले ओलीसमक्ष आग्रह गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस