• बिहीबार ६-१८-२०८०/Thursday 10-05-2023
डबली

आजबाट ‘बिपी साहित्य महोत्सव’ 

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले आयोजना गर्न लागेको ‘बिपी साहित्य महोत्सव’ आइतबार सुरु हुँदैछ ।

 

ललितपुरको सानेपास्थित बिपी स्मृति भवनमा तीनदिने महोत्सवको पहिलो दिन बिहान १० बजे प्रजातन्त्रका लागि भएको हवाईजहाज अपहरणको वृत्तचित्र देखाइने छ । ११ बजे पार्टी सभापति शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गर्नुहुने महोत्सव तयारी समितिले जानकारी दिएको छ ।

 

करिब ४० मिनेटको उद्घाटन सत्रपछि बिपीको साहित्य सिर्जना र जीवन दर्शन, बिपीको दृष्टिमा बिपी, बिपीको आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण र नेपालको मातृभाषा साहित्य विषयमा विभिन्न वक्ताको संभाषण रहने पार्टीको सूचना तथा सञ्चार विभागले जनाएको छ ।

 

यी सत्रसँगै कलाकारहरूले बिपीका बारे प्रत्यक्ष चित्र कोर्नुहुन्छ । ५स्३० बजेपछि भने कविता साँझको आयोजना हुने कार्यतालिका महोत्सव तयारी समितिले बनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार