• बिहीबार ६-१८-२०८०/Thursday 10-05-2023
डबली

फ्रेसन्युजका स्तम्भकारलाई वासुदेव लुइँटेल पुरस्कार


काठमाडौं । विसं २०७९ सालको वासुदेव लुइँटेल पुरस्कार हास्यव्यङ्ग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतमलाई प्रदान गरिने भएको छ । 

 

पुरस्कारको राशी एक लाख एघार हजार १११ छ । नगदको साथमा सम्मानपत्र र प्रतीक चिह्न प्रदान गरिनेछ ।

 

यसैगरी, चूडामणि रेग्मी र रमेश खकुरेललाई वासुदेव लुइँटेल सम्मान प्रदान गरिने भएको छ ।

 

सम्मानको साथमा जनही नगद १० हजार, दोसल्ला र सम्मानपत्र रहने कुरा वासुदेव–विद्यादेव लुइँटेल गुठीका अध्यक्ष प्रा.डा. सुषमा आचार्यले बताइन । पुरस्कार र सम्मान यही भदौ २३ गते शनिबार एक समारोहका बीच प्रदान गरिनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार