• बिहीबार ६-१८-२०८०/Thursday 10-05-2023
डबली

‘चित्रलेखाको चौरासी’ विमोचित

काठमाडौं । लेखक प्रज्वल पराजुलीको दोश्रो कृति ‘चित्रलेखाको चौरासी’ विमोचित भएको छ ।  पुस्तक लेखक पराजुलीको चर्चित कृति ‘ल्याण्ड ह्वेर आइ फ्ली’ को नेपाली अनुवाद हो । लेखक पराजुलीले अर्का लेखक नारायण वाग्लेलाई पुस्तक उपहार दिएपछि सार्वजनिक भएको घोषणा गरिएको थियो ।

 

उपन्यासलाई मैले अंग्रेजी भाषामै पढिसकेकी थिएँ,’ पुस्तकको समीक्षा गर्दै विमोचन समारोहमा लेखिका सगुना शाहले भनिन्, ‘कुशलतापूर्वक गरिएको नेपाली अनुवादमा भने यसका पात्र र परिवेशले अझ विविधता समेटेको पाएँ ।’

 

कार्यक्रममा पब्लिकेशन्स नेपालयका तर्फबाट बोल्दै किरणकृष्ण श्रेष्ठले साहित्यमा अनुवाद विधाबारे बोल्दै भने, 'हारुकी मुराकामी र पाउलो कोयल्हो जस्ता लेखकहरु उनीहरुले लेख्ने जापानी र पोर्चुगाली समुदायभन्दा अनुदित अंग्रेजी भाषाबाट संसारभर चिनिन्छन्,’ श्रेष्ठले थपे, ‘अनुवाद नभएको भए, यी लेखक लगायत थुप्रै युरोपेली, चिनिया, रुसी लेखन बारे हामी अनविज्ञ रहने थियौं’। यस्तो महत्वपूण विधा अर्थात् अनुवादका मामलामा नेपाल भित्र देखिएगा बिना अनुमति प्रकाशनको सिलसिलाले हाम्रो प्रकाशन उद्योगबारे विश्वभर अविश्वसनीय छबि बनाउने डर रहने उनको भनाइ थियो ।

 

३ सय ८८ पृष्ठको पुस्तकलाई पब्लिकेशन्स नेपालयले आठ सय ७५ रुपैयाँमा उपलब्ध गराएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार