• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
मनोरञ्जन

हलमा ‘गणपति’ र ‘ऐंचोपैंचो’

काठमाडौं । देशैभरका हलहरुमा दुई नेपाली चलचित्र ‘गणपति’ र ‘ऐंचोपैंचो’  प्रदर्शन भएका छन् ।

 

सविन अधिकारी निर्देशित चलचित्र गणपतिमा मुकुन भुसाल, मेनुका प्रधान, प्रकाश घिमिरे र राजाराम पौडेलको प्रमुख भुमिका रहेको छ । जन्मिंदा भगवानको रुपमा जन्मिएको शीर्ष पात्रलाई कसरी समाजले भगवान बन्न दिंदैन भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको छ । 

 

कृषा चौलागाईंको डेब्यु निर्देशन रहेको चलचित्र ‘ऐंचोपैंचो’ लाई सोसल ड्रामा जनरामा राखिएको छ ।

 

राजनीतिले समाज र परिवारमा पार्ने असरको कथामा आधारित चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत र सुशील सिटौलाको शीर्ष भूमिका देखिएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार