हलमा ‘गणपति’ र ‘ऐंचोपैंचो’

काठमाडौं । देशैभरका हलहरुमा दुई नेपाली चलचित्र ‘गणपति’ र ‘ऐंचोपैंचो’ प्रदर्शन भएका छन् ।
सविन अधिकारी निर्देशित चलचित्र गणपतिमा मुकुन भुसाल, मेनुका प्रधान, प्रकाश घिमिरे र राजाराम पौडेलको प्रमुख भुमिका रहेको छ । जन्मिंदा भगवानको रुपमा जन्मिएको शीर्ष पात्रलाई कसरी समाजले भगवान बन्न दिंदैन भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको छ ।
कृषा चौलागाईंको डेब्यु निर्देशन रहेको चलचित्र ‘ऐंचोपैंचो’ लाई सोसल ड्रामा जनरामा राखिएको छ ।
राजनीतिले समाज र परिवारमा पार्ने असरको कथामा आधारित चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत र सुशील सिटौलाको शीर्ष भूमिका देखिएका छन् ।
प्रतिकृया दिनुहोस