आफ्नो पार्टी आलोचनाबाट नडराउने सभापति देउवाको भनाइ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन् । उचित आलोचनाले काम गर्न झन् उत्साह बढाउने र केही समस्या भए सुधार गर्न सकिने उनको भनाइ छ ।
कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले प्रजातान्त्रिक पद्धतिमा देखिएका कमी कमजोरी सुधार्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
यस्तै स्थापना दिवसको अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाका लागि अभियान चलाउनुपर्ने बताए । तस्वीर : पत्रकार युवराज गौतमको सामाजिक संजाल
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस