अनुमान

कम पढेका नेताज्यूलाई बिद्धवान भएको भान
नजाने नी जान्छु भन्ने आफ्नैै अनुमान
बौद्धिकताको आदर खोज्ने जता गएपनि
अर्तिवुुद्धि बाँडि हाल्ने जान्ने हुँदै अनि
अल्पज्ञान छचल्क्याउने ठुलो आत्मवल
आफ्नो बिचार लाद्ने बानी विना छलफल
ओेहदाको आडको फुर्ति जतै घरिघरि
बिषयको आफ्नै व्याख्या अर्थ अनेक थरी
अरुलाई सुन्नु साटो आफ्नै मात्र कुरो
आफै मात्र ज्ञाता ठान्नु समस्याको चुरो
छिमेकको दशमा कक्षा स्वदेशमा सोह्र
कार्यकर्ता फुकर््याइदिन्छन “नपढेको हो र”
आसेपासे संधै व्यस्त उस्काई दिने तालमा
नेता भने नाङ्खै घुम्ने वादशाहको हालमा ।।
प्रतिकृया दिनुहोस