ग्याँस र विजुली जस्ता विषयवस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्न सांसद भण्डारीको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले जलनका विरामीहरुलाई पनि क्यान्सर रोग सरहनै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन ।
आगलागीको घटनामा परी घाइते भई लामो समय नेपाल र भारतमा उपचार गराएका भण्डारीले पहिलो पटक बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा यस्तो माग गरेका हुन ।
गरिब मानिसहरु नै यसको बढि मारमा पार्ने भएकाले उनीहरुलाई पनि क्यान्सर, किड्नी रोगलाईजस्तै आर्थिक सहायता राज्यले उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए । सांसद भण्डारीले ग्याँस र विजुली जस्ता विषयवस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।
प्रतिकृया दिनुहोस