• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

जसले सन्तानको निम्ति क्यारियर, नाम, र काम छोडी दिए...!

काठमाडौं । अन्तर्राष्ट्रिय आमा दिवस हरेक बर्ष मे महिना को दोस्रो आइतबार मनाइने गरिन्छ ।  भिन्न भिन्न देशमा आआफ्नो शैलीमा यो दिन मनाइने गरिन्छ। यस दिवसको पछाडि कुनै धार्मिक वा पुरानो सन्दर्भ भने छैन । अमेरिकामा एक महिला अना जारभिसले आफ्नो आमाको चाहना अनुसार यो दिन मनाउन सुरु गरेकी हुन ।  आमा १९०८ मा मरेको ३ बर्षपछि उनको सम्झनामा उनले यो दिन मनाउन अभियान थालेकी हुन ।

 

बलिउडमा पनि यस्ता धेरै आमा नायिकाहरु छन जसले सन्तानको निम्ति आफ्नो क्यारियर, नाम, र काम छोडी दिए । उनीहरु चमकदार दुनियाँ छोडेर आफ्नो घर-परिवार र सन्तानको भविष्यमा मात्र सिमित भए । यो बिचमा सन्तान अलि ठुलो भएपछि बलिउड फर्के तर फेरी त्यहि ताज कमैले फिर्ता ल्याउन सके । केहि आमाहरु यस्ता पनि छन कि उनीहरु आफ्नो परिवार, सन्तान, फिल्म र क्यारियरलाई संगसगै लान सकेका छन । 


यस्ता आमा नायिकाहरु कोहि बलिउडबाट सक्रिय छन् भने कोहि पलायन भएका छन । तर पनि उनीहरुले आफ्नो सुन्दरतालाई भने कायम नै राखी रहेका देखिन्छन । खानपिन, ब्यायाम,भेषभुषामा बिशेष ध्यान दिँदा यो सुन्दरता कायम रहेको उनीहरुको सुन्दरता र शारिरक  सन्तुलन राख्ने कलाको कारण नव आगन्तुक नायिका दंग परेका हुन्छन् ।

 

टुइङकल खन्ना
९० को दशकमा बलिउडमा सक्रिय यी नायिकाले सन् २००१ मा अक्षय कुमारसँग बिहे गरिन । त्यसपछि उनले पूर्णरुपमा बलिउडमा अभिनय गर्न रोकिन् भन्दा खासै फरक पर्दैन । केहि समयमा नै उनको छोरा आरभको जन्म भयो । तर त्यसपछि उनले घरपरिवारसँग मात्र समय बिताउन थालिन । उनी अहिले नियमिति पत्रिकामा लेख  लेख्छिन । उनले किताब पनि लेखेकी छिन् । केहि फिल्ममा निर्माताको रुपमा काम पनि गरिन भने उनी अहिले इन्टोरियल डिजाइनमा सक्रिय छिन् । नायिकाको रुपमा कार्य नगर्दा पनि उनले आफुलाई सन्तुलित राखेकी छन । 

 

काजोल
९० को दशकमा अति सक्रिय र नम्बर वान नायिका काजोलको चुलबुले स्वभाव अनि सुन्दर आँखाका धेरै प्रशंसक थिए । तर बिहे अनि  बच्चा भएसँगै उनको बढ्दै गएको उमेरसँग उनको सुन्दरता पनि झन झन बढ्दै गयो । त्यसैले पनि उनको प्रशंसक दिनप्रतिदिन बढिरहेका हुन्छन । अजय देवगन सँगको बिवाह पछि  पछि बलिउडमा उनको उपस्थिति केही पातलिन थाल्यो ।  उनले थोरो फिल्महरु गरेपछि उनको एक दुईवटा फिल्मले नै उनलाई काफी बनाउँछ ।  बिहे र बच्चा भएर पनि बलिउडमा सक्रिय हुने कमै नायिकामा यी सुन्दर नायिका पनि पर्छिन । 

 

माधुरी दीक्षित
सफल क्यारियरको समयमा नै सुन्दर नायिका माधुरीले बिहे गरिन । त्यसपछि आफ्नो डाक्टर श्रीमानसँग उनी अमेरिकामा बस्न थालिन् । उनका दुई सन्तान छन । बिवाहपछि फिल्ममा सक्रिय नभए पनि उनी बलिउडमा हराएकी भने छैन । उनी घरपरिवारमा व्यस्त भएपनि समय निकालेर टेलिभिजन सो मा काम गरिरहेकी छन । बिभिन्न नृत्य र अभिनयसँग सम्बन्धित रियालिटी सो मा उनी निर्णायकको रुपमा देखिएकी छिन् । आज पनि उनको सुन्दरता देखेर बलिउडमा थुक्न निल्ने धेरै छन् । 

 

करिश्मा कपुर / करिना कपुर 
कपुर परिवारका यी सफल नायिकाले आआफ्नो समयका नम्बर वान नायिका बनेका थिए । उनीहरुको अभिनय कुशलता र सुन्दरताले सबैलाई मोहित गरेको थियो जुन अझै कायम छ । करिश्माले व्यापारीसँग बिहे गरि सन्तान सुख र प्राप्त गरिन तर बिहे लामो समय टिक्न सकेन । त्यस्तै करिनाले नायक सैफ अलि खानसँग बिहे गरिन र एक छोराको आमा पनि बनेकी छिन् । करिश्मा फिल्महरुमा सक्रिय नभएपनि करिना भने अझै सक्रिय नै छन् । दुवैजना बिभिन्न कार्यक्रम, बिज्ञापन, रियालिटी सोमा देखिन्छन जहाँ दर्शक उनीहरुको सुन्दरताको दिवाना बन्ने गर्छन । आमा बनेपछि सुन्दरतामा ह्रास आउँछ भन्ने तर्कलाई उनीहरुले गलत साबित गरिदिएका छन । 

 

शिल्पा सेट्टी 
फिल्मबाट भन्दा पनि योग र व्यायामबाट आफुलाई बलिउडमा टिकाउन सफल शिल्पा सन् २०१२ मा छोरालाई जन्म दिइन । सन्तान जन्माएपछि प्राय नायिकाहरु धेरै भारी शरीर लिएर फिल्म क्षेत्रबाट बाहिरिने गर्छन । तर शिल्पा भने छोटो समयमा नै पुरानो अवस्थामा आइन र सबैलाई चकित बनाइन । उनी कुनैपनि स्वरुपमा आमा जस्तो देखिनन् ।


मलाइका अरोरा 
४० बर्षको उमेर पार, दुई सन्तानकी आमा, लामो बैवाहिक सम्बन्ध टुट्नु ,जस्ता गतिविधिले पनि मलाइकाको सुन्दरतामा कमी आएन । अहिले उनी आफुभन्दा लगभग १० बर्ष कान्छो नायकसँग प्रेम सम्बन्धमा रहेको छिन् । आइटम गीतमा नाचेर नै आफ्नो पहिचान बनाउन सफल मलाइकाले नियमित व्यायाम र सन्तुलित खानाले आफ्नो शरीरलाई सुन्दर राख्न सफल भएकी छिन् । 

 

रबिना टन्डन
१९९१ मा बलिउडमा नायिकाको रुपमा प्रवेश गरेकी रबिनाले लगातार सफल फिल्म दिन सकिन । एक दशक फिल्ममा सक्रिय भएर काम गरिन । एकल आमा बन्ने उद्देश्यका साथ उनले दुई बालिकालाई धर्म पुत्रीको रुपमा स्वीकारिनन् । तर उनले फिल्म बितरकसग सन् २००४ मा बिहे गरिन र  एक छोरीलाई जन्म दिईन । पछिल्लो समय केहि फिल्ममा काम गरेपनि उनी सक्रिय नभएको अवस्था छ । तर यसले उनको सुन्दरता र शरीरको रुपरेखामा परिवर्तन आएन । उनी अझै पनि जवान र सुन्दर देखिन्छिन ।


नन्दिता दास 
फरक धारको फिल्ममा अभिनय गर्ने र निर्देशन गर्ने नन्दिताको बिवाह पछि एक छोरा भयो । बिहे र सन्तानले उनको क्यरियरलाई असर नगरे जस्तै उनको सुन्दरतालाई पनि नराम्रो प्रभाव गरेन । उनी लगभग पचास पुग्न लागिन तर पनि आमा जस्तो देखिदैनन् । उनी आफ्नो काम र सुन्दरतालाई कायम राख्न सफल भएकी छन । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार