• शुक्रबार १०-१३-२०७९/Friday 01-27-2023
विचार

मानिलामा सन्तुलनको समस्या !

पृथ्वीमा भएका सबै प्राणीमा गर्भाधान पछि निश्चित समयमा पोषणको मात्रा अनुसार बृध्दि हुँदै गएर एक अवस्थामा जन्म हुन्छ । त्यसपछि वयस्क नहुञ्जेल प्रजाति अनुसार खासखास अङ्ग र भित्री जैविक प्रकृया पनि बढने र थपिने हुँदै जान्छन् । त्यसै क्रममा नै बाल्यकाल, किशोर किसोरी अवस्था हुन्छ र उमेरजन्य गुणहरूको विकास हुँदै आउँछ । वयस्क भएपछि बृध्दि धेरै मात्रामा रोकिएको अवस्थामा दैनिक क्रियाकलाप सुचारु गर्न, आवश्यक्ता अनुसार सरिरको स्फूर्ति स्तर कायमराख्न र मर्मत सम्भारमा उर्जा खर्च भईरहेको हुन्छ । सरिरका कतिपय कमि कमजोरी, बाहिरीभित्री सँक्रमणमा सरिर भित्रका जैविक रस र प्रक्रियाबाट निशेच गरिरहेको हुन्छ भने स्वभाबैले वयस्कहरू बाहिरी अङ्गको सफाई, पथपरहेज गरिहाल्छन् ।

 

उमेरीदै जाँदा पाको उमेरमा हरेक जीव पुग्छन र बिस्तारै सारिरीकरुपले अशक्त र रोगव्याधको सँक्रमण भएका हुन्छन् । बन्यजन्तुमा हरेक क्रियाकलाप सुरुका केही दिनमा माउको भरगरे पनि बाँकी जीवन सप्रजातिय अरुको देखासिखी गर्दै सिक्दै स्वतन्त्रतापूर्वक बित्छ । पाको उमेरमा पुग्दा जोडासमुह भए जोडा छउन्जेल र नभए बिबेक र दयाको कमीले एकाकी र निरस जीवन बाँच्न बाध्य हुन्छन् । मानिसमा बिकसित मस्तिष्क क्षमताको कारण सामान्यतया घरका मानिला मान्छेलाई परिवारको रेखदेख कायम रहन्छ । पाको उमेर भएपछि प्राय घरमा आफु मुनिका उमेरसमुह आफ्नै बँश भएकाले मानमनितो र दयाभाव रहन्छ । यसले मानव जीवन त्यस्तो परिवारमा पाको उमेरमा पनि रमाईलो र सुखमय बनेको पाईन्छ भने कुनैकुनै कर्कशा स्वभाव बिकसित परिवारमा पाका मान्छेको कन्तबिजोक भएको यत्रतत्र देखिन्छ, सुनिन्छ पनि ।

 

शरिरको सन्तुलन :
मानिस दुईखुट्टे प्राणी भएकाले उस्को पुरा शरिर ढाडको ठड्याई र गोडाको क्षमतामा भर पर्छ । टाउको अड्याउने र सोझो भएर हिँडन ढाडको मेरुदण्डले धेरै भरथेग गरेको हुन्छभने गर्धनको हाड तथा माँसपेशीले भरथेग गर्दछ । कम्मरको जोड, पस्तिष्कदेखि आउने भित्री नसाको स्वस्थता र घुँडाको अवस्थाले निकै काम गरेको हुन्छ । शारिरीक शक्ति पुष्ट हुँदा मस्तिष्कले अ¥होट गर्नु र अङ्गले त्यही अनुसार काम गर्नु त गतिविधिको मुख्य कुरा भयो । स्नायु प्रणाली स्वास्थ्यतासँगै आँखाको क्षमता र कानको भित्री भागमा रहेको मसिना रौँभएको कोकलीया भन्ने थैली जस्तो भागले पनि सन्तुलन सहयोगी भई मद्दत गरेको हुन्छ। त्यसैले शरिरभरी छरिएका नसा, विशेषगरी मस्तिष्क देखि मेरुदण्डको पुच्छास्तीसम्मको नसा,   आँखाको दृष्टि क्षमता र कोकलियाको सन्तुलन क्षमता अस्वस्थ्य छभने सरिर असन्तुलित हुन्छ ।

 

त्यस्तै ढाडको ठडिने र कम्मरको स्नायु क्षमतामा अवरोध छ, च्यापिएको छ र घुँडा अस्वस्थ्य हुँदा पनि हिँडन असन्तुलन हुन्छ । मोटामोटी यस्तै सँरचनामा गडबडि देखिएपछि पाका मान्छेका हरेक पाईला बाटोघाटोमा हिँडदा र भ¥याङ ओर्लँदा र उक्लँदा स्थिर नभएर धरमराउन थाल्छन । उपरोक्त अस्वस्थ्यतासँगै पाका मान्छे बसेको र सुतेको ठाउँबाट जुरुक्क उठदा रिङ्गटा लाग्ने, अप्ठ्यारो छल्न उफ्रदा वा तुरुन्त तर्कँदा लडने, हिँडाईको चालनै लरबराउने भएको हुन्छ । यस्तो अवस्थाको सबैभन्दा डरलाग्दो पक्ष भनेको पाका मान्छे पछारिएमा जोर्नी खुस्किने, हाड भाँचिने र मस्तिष्क स्राब हुनेजस्ता थप जटिलता थपिन सक्छन् । त्यसैले शरिरको सन्तुलन बिग्रीएमा पाका मान्छेको राम्रो हेरबिचारगरि सहयोग गरिनुपर्छ नत्र घरपरिवार नै आपदमा पर्न सकिन्छ । यसबाट सामाजिक हेँलाहोचो मात्र होईन आर्थिक बोझ पनि बढन सक्छ ।

 

उमेरिँदै जाँदा र शारिरीक कमजोरी थपिँदा वयस्क पछिको उमेरमा सामान्य कारणले लडनु पछारिनु दैनिकी बन्दछ । सरिरमा भएको गतिशिल र स्थिर सन्तुलन गराउने उर्जा र तरिकामा असामान्यताको कारणले लडने पछारिने भएको पाईन्छ । स्नायु प्रणालीको केन्द्रीय अङ्ग मस्तिष्कले त्यस्ता सन्तुलनका प्रक्रियामा सँयोजन गरिरहेको हुन्छ । हिँडडुल गर्दा मस्तिष्कले आँखा र तत्काल सकृय हुनुपर्ने बिभिन्न माँसपेशीमा खवर पठाईरहेको हुन्छ । कानको भित्री भागमा अवस्थित बिभिन्न रसायन भरिएको थैलीजस्तो प्रणालीले तपाइँको टाउकोको हल्लाई र हिँडाईको गति बारेमा जानकारी मस्तिष्कलाई दिईरहेको हुन्छ । हरेकका दृष्टिले आफु कहाँ, कस्तो सतहमा छु, वरपर कस्ता बस्तु छन् भन्ने जानकारी दिईरहेको हुन्छ । ठाउँअनुसार लिनुपर्ने गति र बेगलाई थाह पाउन शरिरभरी छरिएका माँसपेशीमा खामिएका सम्बेदनशिल स्नायुहरू, नसाहरू र जोर्नीहरूले सतर्क बनाएर तपाइँलाई कुनै अनावश्यक बस्तुमा नअल्झीई, ठक्कर नलागी, नलडी हिँडन मद्दत गरिरहेका हुन्छन् । यस्तो सँयोजनले गर्दानै मानिस कुनै पनि उमेर समुहमा हिँडडुलमा, खेलकुदमा लडन र पछारिनबाट जोगिईरहेको हुन्छ । त्यसोभए किन प्राय उमेरिदा र पाका मान्छे बेलाबखत खतरनाक पछारिने घटनाको सिकार हुन्छन त ?

 

पछारिनु :
साना केटाकेटीहरू ‘लडछन्, बढछन् झन बलिया हुन्छन’ भन्ने आहान मानव प्रजातिको लामो अनुभवको उपज हो । सानो उमेरमा सरिरको तौल कम हुने भयो र कतिपय पछि जोडिने हाडहरू जोडिन बाँकीनै हुन्छ । सबै केटाकेटीहरू उमेरदारका निगरानीमा हुर्कन्छन् र बामेसरेर सामान्य हिँडन थालेपछि लडने पछारिने सम्भावना हुन्छ । बामे सरेर हिँडदा अग्लोबाट होचो ठाउँमा खस्दा, खाट ओच्छ्यानबाट मुनी, भ¥याङबाट गुण्टिने र सुरुमा तातेताते गर्ने अवधिमा हिँडदै बढिनै लडछन् । यस्तो हुनु त्यस उमेरसमुहमा जीवनको सामान्य कुरानै मानिन्छ किनकी स्थिरहुने अभ्यास र सारिरीक बलिष्टता आईसकेको हुँदैन । त्यतिखेर लडेर भएको पिडा एकछिनमा बिर्सेर फेरी गरिरहेको काममा लागेको, एकछिन पिञ्छे भएपनि एकछिन पछि ठिकै रहेको पाईन्छ । कुनै पनि मानव समुहको सामाजिक अवस्थामा केटाकेटी लडेर घुँडा र ढाडमा लागेका धुलो टकटक्याई फेरी सामान्य चलखेलमा गएकै देखिन्छ ।

 

त्यस्तै किशोरकिशोरी लडेर प्राय हातका हाड वा जोर्नी खुस्काएका घटना अलि बढी भेटिन्छन् भने वयस्कहरू पछारिँदा भने तौल, उचाई र गतिबिधिको जटिलताले जीवनको गतिनै फेरिएको पाईन्छ । त्यस उमेर समुहमा च्यापुले माटो खानेगरी लडनु भनेको सानोतिनो चोटपटक मात्र होइन अङ्गहरू नै बेमाख भएर मृत्यु हुनु, जीवन पर्यन्त अपाङ्ग हुनु र लामो अवधि परिचारिका सेवा लिनुपर्ने आवश्यक्ता हुनसक्छ । पाका मान्छे सामान्य हिँडडुलमा केहि बस्तुमा अल्झिएर वा आफ्नो सन्तुलन हराएर लडदा र पछारिँदा धेरै खतरनाक परिणाम हुन आउँछ । अमेरिकामा आपतकालीन चिकित्सा कक्षको आँकडा हेर्दा हरेक एघार सेकेण्डमा एक पाका मान्छे उपचार गरिएको देखिन्छ ।

 

पाका मान्छे भावनात्मक हिसाबले मानिला हुन्छन् तर कुनै नकुनै रोगको शिकार भएकै हुन सक्छन् । प्राय धेरैले उच्च रक्तचाप रोकथामको औषधि वयस्क हुँदाको टण्टो देखिनै खाँदैगरेको भेटिन्छ । त्यस्ता औषधि, बिभिन्न रोग अवरोधक हुन्छन् तर आन्तरिक क्षमता अवरोधक औषधि र भिटामिन डि कमीका रोगले मानिस लडने, पछारिने सम्भावना बढाउँछ । सरिरमा भएको रक्तचापको घटबढ, उचित मात्रामा पानीको कमी, बिभिन्न जैविक रसायनको असन्तुलनले पनि मान्छे रिङटा लागेर लडन सक्छ । पहिला कसरी र किन लडेको थियो ? यस्ता कुरामा ध्यान दिँदा थप नलडीन सकिन्छ तर कतिखेर अब लडिन्छ भन्ने चाहीँ भविष्यबाणी गर्न सकिन्न । प्राय लडनु पछारिनु अघि मान्छेले पूर्वजानकारी पाउन सक्दैन ।

 

आफैँले दैनिक प्रयोग गरिरहेका सामान, गलैँचा, खाटमा अल्झेरमात्र होईन आफ्नै लगाउने लुगामा लगाउँदा लगाउँदै अल्झेर पनि लडन सकिन्छ । सँधै प्रयोग गर्ने शौँचालय र स्नानस्थलमा पनि सामान्य हिँडाईका असचेतता र अव्यवस्थाले पछारिन सकिन्छ र मस्तिष्कघातको खतरा निम्त्याउने हुन्छ भने पक्षघातको सम्भावना पनि हुनसक्छ । आफैँले दैनिक चलाईरहेका सवारी साधनमा सन्तुलन गुमेर उक्लँदा र ओर्लँदा लड्न सकिन्छ । बारम्बार हुन्छन् भने सामान्य लडने प्रक्रियाको कारणलाई शुक्ष्म अध्ययन गरेर सारिरीक सन्तुलन सपार्न र पछारिएर अपाङ्ग वा मृत्यु समेत हुने घटनाबाट बच्न सकिन्छ ।

 

उपाय :
सरिरको सन्तुलन भनेको के हो ? सबैले जान्नु आवश्यक छ । बलको तुजुकमा मात्र सरिरको सन्तुलन हुने होइन र उमेरिँदा नबिग्रने पनि हुन सक्छ । जीउको सन्तुलन स्वतसञ्चालित स्नायु र बिभिन्न शारिरीक जैविक प्रणालीको सँयोजनबाट निर्देशित हुन्छ । हो, पाको उमेर हुँदै गएपछि किन त्यस्तो अवस्थाको सम्भावना बढदै आउँछ भनि बेलैमा बुझ्न जरुरी छ । रोगव्याध, स्नायु समस्या र शारिरिक कमजोरीका कारण शरिर थाम्न नसकिने, लरबराउने र सामान्य फरकमा लडने पछारिने समस्या बढन सक्छ । यस्तै भएकाले त ‘उमेर ओरालो लाग्यो, बुढोभयो सब रङ्ग गयो आँगन भयो परदेश’ भन्ने गरिन्छ नि ! यस्तो हुनु अपराध होईन स्वभाविक जैविक प्रक्रिया भनेर आफुले सन्तोष मान्नु र परिवारले बुझ्नुपर्छ ।

 

उभ्भिन नसक्ने, ओर्कीफर्की गर्न नसक्ने, हिँडदा धङधङाउने, सामान्य उचाईको तलमाथीले पनि अल्झिीने, पाईतालाले जमिनमा टेक्दा र जुत्ता लगाउँदा राम्ररी नसमातिने, हिँडदा चट्टी फुस्किरहने, आदि बिभिन्न समस्याका कारणले हुन्छ । गोडा, घुँडा, कुर्कुच्चा र कम्मरको नसाको समस्या हुनेले उभिएरभन्दा खाट वा कुर्चीमा बसेर मोजा जुत्ता लगाउनु सहज हुन्छ । त्यस्तै बस्तु र भित्ताको आडलिएर लुगा फुकाल्नु र बदल्नु शुरक्षित हुन्छ । शौचालय र स्ननागारमा पाका मान्छेले प्रयोगगर्ने तिर समातेर भर गर्ने फलामे डण्डी राखिनु र त्यसकै सहयोगमा ओर्किन,े फर्किने तथा उठबसगर्नु सुरक्षित हुन्छ । शौँचगर्न बसेर गर्ने स्थल बनाईनु र त्यहाँ पनि हातले समातेर उठन मद्दत पुग्ने डण्डी राखिनु राम्रो हुन्छ । पाका मान्छेले नियमित प्रयोग गर्ने शौँचालय र स्नानागारको जमिन खस्रो र त्यहाँ प्रयोगगर्ने चट्टीको तलुवा पनि नचिप्लने राखिनु पर्छ । यस्ता सामान्य कुरामा हेक्का राख्ने र शारिरिक समस्या बारेमा बिज्ञ चिकित्सकलाई देखाएर बेलैमा उपचार गर्न अघि बढेमा पाको उमेरमा पनि सन्तुलित स्वस्थ्य भई बाँच्न सकिन्छ ।


पहिलो ध्यान आँखाको दृष्टिशक्ति सामान्य छ कि छैन भनि हेक्का राखौँ, टाढा नजिक कताको देखिन्न सोहीअनुसार चस्मा प्रयोगगर्न थालौँ । टाढा र नजिकको देखिनेगरी एउटै चस्मामा सिसा राखेको छ भने पनि पहिला बानी पारौँ नत्र आफ्नै चस्मा आफैँलाई ‘दुर्घटनाको काल’ बन्न सक्छ । बिशेषगरी भ¥याङ ओर्लदा र उक्लँदा अनि अग्लोहोचो ठाउँमा र आलीबाट हिँडदा त्यस्तो चस्माले दुखदिन सक्छ । आफुलाई अप्ठ्यारो लाग्छ भने घरमा बस्दा, पढने र हिँडने बेलामा फरक चस्मा प्रयोग गरौँ । आँखाको त्यती समस्या छैन भने सन्तुलन बिगार्ने अरु कुरामा ध्यान दिउँ ।

 

दोस्रो ध्यान दिनु पर्ने अङ्ग हो कान र यसको भित्री भाग । कानको भित्री भागको स्वस्थ्यताले सुनाईमा मात्र होईन सन्तुलनमा पनि आधारभूत भूमिका पुरा गरिरहेको हुन्छ । रोग लागेर अथवा जे पायो त्यही चुच्चे बस्तुले कान सफागर्ने, चिलायो भनेर कडा खालका बस्तुले कानमा फिरफिरे गर्ने कामले कानको भित्रीभाग बिग्रन सक्छ । बेलाबेला दुख्ने, फरक आवाज भित्रैबाट आएको जस्तो लाग्ने र पाक्ने, रगत आउने भएको छ भने बिज्ञ चिकित्सकबाट परार्मश लिई औषधि गरिहालौँ । तपाइँको बेला बखतको लडाई कोकलियाको अस्वस्थ्यता हुनसक्छ । यसको उपचारले धेरै मद्दत पुग्न सक्छ र जीवन सहज होला ।

 

तेस्रो हेक्का राख्नुपर्ने अङ्ग ढाड र जोर्नीका समस्या छन् कि बेलैमा बिचार पु¥याउनु पर्छ । छन् भने अवस्था जानकारी लिएर बिज्ञकै सल्लाहमा व्यायाममा जानुपर्छ कि विशेष उपचारनै गर्नुपर्छ निक्र्योल गरि अघिबढनु पर्छ । व्यायामबाट ठिक हुन्छ भन्ने छ भने कक्रक्क परेका जोर्नी नरम र चलायमान बनाउने हार्वाड मेडिकल स्कूलले अघि सारेको तिन उपाय अवलम्बन गर्नु फाइदाजनक हुने देखिन्छ । सरिरको भित्री शक्ति बृध्दिगरी सन्तुलन कायमगर्ने व्यायाम, घुँडा र कुर्कुच्चा बलियो पारेर पुरा गोडा बलियो बनाउने साधारण र कडा व्यायाम सुरु गरिहाल्नु पर्छ । सामान्यतया घरीघरी लरबरिई रहने, सामान्य गतिमा पनि लडने र मसिना बस्तुमा पनि लटपटिईरहने उमेरिदा भएको छ भने राम्ररी निक्र्योल गर्न बिज्ञको मद्दत लिनु पर्छ, ‘यस्तै हो यो उमेरमा’ भनि निचमार्नु कहिले हुँदैन् । अझै धेरै काम गर्न बाँकी छन्, अनाहकमा चोटपटक, दुर्घटना, अपाङ्गता र मृत्युबाट जोगिन बेलैमा उपाय गर्नै पर्दछ । मानिसको जीवन एक पटकको हो है फेरी घुमिफिरी आउँदैन, बिचार गरौँ ।

 

चौथो कुरा उमेरिदा प्राय सारिरीक जैविक प्रक्रिया सरिरको तत्कालिक अवस्था कायम राख्नमा केन्द्रित हुन्छ, नयाँ निर्माण र शक्ति सञ्चय गर्न कम सक्ने हुन्छ । त्यसैले, हामी शारिरिक श्रम कमगर्न र बौध्दिक काम पनि सिमित गरी ‘ज्यान ओरालो लागेको अवस्था हो’ भनेर उछलकुद, मारधाड र हस्याङफस्याङ कमगर्न भन्छौँ । मानव प्रजातिको अनुभवसिध्द कतिपय कुरा समस्या नपरेका सबैले मनन गरे पर्नसक्ने समस्याबाट जोगिन धेरै सहज हुनेछ । शरिरले नसक्ने र जीउले नथाम्ने कुरा ‘उहिले त गरेको थिएँ’ भनि किन अहिले बहादुरी देखाउन तम्सीनु ? अनावश्यक फूर्तिगर्ने बेला होईन है नसक्ने बेलामा ।

अन्त्यमा,
आफ्नो गति र चालमा फरकता आएको अरुले त भन्लान तर आफु पनि हेक्का राखौँ । के के गर्दा र कस्तो अवस्थामा ज्यानले अठोटेको नगरेर बिभिन्न असामान्य प्रतिक्रिया देखाउँछ सम्झना राखौँ । जसोजसो गर्दा सुरक्षित र सुखमय बाँकी जीवन जीउन सकिन्छ त्यतातिर ध्यान दिऔँ, अनावस्यक हौसिने नगरौँ, सारिरीक स्फूर्ति कायमगरौ, फूर्तिफार्ती त्यागौँ । भौतिक शरिरलाई मर्मत सम्भार गरी तरोताजा बनाउन सकिन्छ भने जीउले सक्ने व्यायाम मार्फत पनि स्वस्थ्य भई बाँच्न सकिन्छ । रोगव्याध र उमेरजन्य कारणले भएका हुनभने सम्बन्धित बिज्ञ चिकित्सकको सल्लाहलाई व्यवहारिक रुपले अनुशरण गरौँ । 

 

हिजोआज मिर्गौला फेरेर, मुटुमा उपकरण राखेर, फोक्सो, कलेजो, पेट, आन्द्रा काटेर सिएर त मान्छे सुखमय लामो जीवन व्यतित गरिरहेछन भने सन्तुलन बिग्रीएको समस्या सामान्य नै भन्नुपर्छ । हो, यसलाई कम आँकेर बेलैमा व्यायाम आदि सतर्कता नगरे र जोर्नी, स्नायुका उपचार नभए प्राणघातकमा रुपान्तरण हुनसक्छ । त्यसैले घरमा रहँदा हुने प्राय लडाईको ८० प्रतिशत भाग खाट, कुर्ची, शौँचालय प्रयोग गर्दा, भ¥याङ तलमाथि गर्दा भएको कुरामा सतर्क होऔँ । बाहिरफेर होचोअग्लो र अबाटोमा हिँडदा होस् गरौँ । हाम्रो सामान्य उमेर र शारिरिक कमजोरीको हेक्काले पनि ज्यान जोखिमबाट बचाउन सकिन्छ । भित्री मनोबल उच्च पारौँ, जतिखेर पनि ‘सक्दीन, कमजोर छु, उमेरले यस्तो हुन्छ’ भनि गनगन होईन कसरी स्वस्थ्य र सहज जीवन जीउन सन्तुलन मिलाउने भन्ने उपायबाट सकिन्छ भन्ने बुझौँ । त्यस्ता उपाय तिर लागौँ, समस्या आउँछन, एकछिन तर्साउँछन् अनि समाधान हुन्छन्, असम्भव कुरा सँसारमा केही छैन ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार