• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

किन केही मानिसहरू सधैँ ढिलो मात्र हुन्छन् ?

काठमाडौं । स्वीकारोक्ति : म सधैँ ढिलो भैरहने मान्छे हुँ। कम्तीमा म सुध्रिने प्रयासमा छु।वास्तवमा मैले बारम्बार र लाजमर्दो रूपमा यो लेख सिध्याएर बुझाउनका लागि दिइएको समयसीमा पनि कटाएँ।

 

म यसलाई ‘पत्रकारिताकै एक अभ्यासको रूप हो’ भनेर बहाना बनाउन पाए हुन्थ्यो भन्ने चाहन्छु। तर कुरा त्यसो होइन। मलाई थाहा छ( यस्तो ढिलो गर्ने म एक्लो व्यक्ति होइन। हाम्रा वरपर ढिलो भैरहने धेरैथरीका मानिसहरूका बारेमा हामी सबैलाई थाहा नै छस् कोही कामकाजी दम्पत्तीका बच्चा हेरिदने मानिस हुन्छन् जो सधैँ काममा ढिलो आउने हुन सक्छन्।

 

अर्का त्यस्ता सहकर्मी हुन सक्छन् जसले सधैँ उनलाई दिइएको काम समाप्त गर्ने समयसीमाभित्र कहिल्यै काम पूरा गर्दैनन्। अनि, तपाईँका कोही त्यस्ता साथी पनि हुनसक्छन् जस्लाई सँगै खाना खानको लागि कतै बोलाउनु पर्यो भने निश्चित समयभन्दा ३० मिनेट अगाडिको समय दिएर बोलाउनु पर्ने हुन्छ।

 

कसैको अरूलाई पर्खाउने जुन बानी हुन्छ त्यो जस्तो रिस उठाउने व्यवहार अरू थोरै मात्र छन्। तर कसैले तपाईँलाई पर्खाइरहेको बेला तपाईँको मनमा जस्तो सुकै धारण बनेको भएपनि त्यसको अर्थ के होइन भने तपाईँका साथी वा तपाईँका सहयोगी स्वार्थी छन्।

 

ढिलोपनको मनोविज्ञानमाथि विचार गरी हेर्दा त्यो मानिसको मष्तिष्कले कुनै हदसम्म सही ढङ्गले कार्य नगर्दा उत्पन्न हुन गएको नतिजा जस्तो देखिनसक्छ। ढिलो गर्ने मानिसहरू अशिष्ट र अल्छी होइनन् कारण भ्रमपूर्ण हुँदाहुँदै पनि ढिलो गर्ने व्यक्तिप्रतिको धारणा प्रायस् सधैँ नकारात्मक हुन्छ।

 

'उनीहरूलाई अव्यवस्थित, असङ्गठित, अशिष्ट र अरूका लागि विचार नगर्ने मानिसका रूपमा बुझ्न सजिलो छ,' संज्ञानात्मक (कग्नेटिभ) व्यवहारसम्बन्धी चिकित्सक तथा लन्डनमा चिकत्सकीय मनोविज्ञानको तालिम लिएका ह्यारिएट मेलोट, भन्छन्।

 

'मेरो क्लिनिकमा आउनेहरू बाहेक अरू कोही ढिलो हुँदा म पनि रिसाउँछु।' तर धेरै ढिलो गर्ने मानिसहरू कम्तीमा पनि केही हदसम्म व्यवस्थित हुन्छन् र साथीहरू, परिवार र मालिकलाई खुसी पार्न चाहन्छन्।

 

समयको पालना गर्न असमर्थ हुने मानिसहरूले प्रायः यो कुरा बुझ्छन् र ढिलो हुँदा आफ्नो सम्बन्ध, प्रतिष्ठा, करिअर र पैसामा कति नोक्सानी हुनसक्छ भनेर उनीहरूलाई धेरै पीडा र अप्ठ्यारो महसुस हुन्छ।

 

'नेभर बी लेट अगेन' पुस्तकमा डायना डेलोन्जोरले लेखेकी छिन्, 'केही व्यक्तिहरू छन् जसले अरूलाई पर्खाउन पाउँदा आनन्द लिन्छन्। यदि तपाईँ सामान्य हुनुहुन्छ भने, तपाईँले ढिलो हुने कुरालाई घृणा गर्नुहुन्छ। आलस्य तपाईँको श्राप हो।' बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार