चलचित्र ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक

काठमाडौं । हाँस्य कलाकार जीतु नेपाल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको अभिनय रहेको चलचित्र ‘ह्यारी कि प्यारी’ को ट्रेलर सार्वजनिक भएको छ ।
आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर २ मिनेट ३८ सेकेण्ड लामो छ । उक्त ट्रेलरमा पैसाको पछाडि भागिरहेका जितु नेपालको साम्राज्ञीसँग भेट पश्चात् आउने उतार-चढावलाई चलचित्रमा प्रस्तुत गरिएको छ ।
चलचित्र निर्माता डा. भोला रिजालका छोरा डा. कपिल रिजालको डेब्यू निर्देशकिय चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ ।
चलचित्र आगामी माघ २० गतेबाट देशभर प्रर्दशन हुने तयारीमा छ ।
https://www.youtube.com/watch?v=LUEjJuMKATM
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस