• शुक्रबार १-२६-२०८२/Friday 05-09-2025
डबली

जमर्को

चुनाव नजिक उद्घाटनको रहर बढ्दै गयो  
आयोजकलाई अतीथि नै छान्न हम्मे भयो  

 

सबै नेता प्रमुखको आतिथ्य नै ताक्ने 
अव मेरो पालो भन्दै मौका हेरि राख्ने

 

कार्यक्रमको संख्या थोरै नेता संख्या हेरी           
पालो दिने उपाय त लाउनै पर्‍यो फेरी

  

यसैक्रममा सुरु भयो टुक्रिएको खटन 
सिङ्घो भर्‍याङ्ग हैन अव सिंडीको उद्घाटन  

 

पहिलो सिंडी यौटा बाट दोश्रो सिंडी अर्को 
अतिथिलाई सम्मान दिने आयोजक जमर्को ।। 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार