• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

सामाजिक सेवामा तल्लिन आयुष्नोभा

आयुष्नोभा ढुंगाना

मिस युनिभर्स नेपालको तयारी कस्तो हुँदैछ ?
क्वार्टरफाइनलमा छानिएपछि टास्क वान सकिएको छ । अर्को हप्ताको मङ्गलबार टास्क टुको छनोटको कार्य अघि बढ्दै छ । त्यसपछि बिहीबार अनलाइनबाट जजहरूले छनोट गर्ने कार्यक्रम छ । त्यसपछि साउन ८ गते प्रश्न–उत्तरको समय आउँछ । साउन १७ गते सेमिफाइनलिस्टको जजिङ हुन्छ र त्यसपछि क्लोज क्याम्पमा राख्छ । 

 

तपाईले त डाक्टरको पेशा अपनाउनुभएको होइन, फेरी कसरी यतातीर ? 
मिस नेपाल भनेको यस्तो ठाउँ जसले एउटा टाइटल पाउनेबित्तिकै अरूको मद्दत गर्न केही सहयोग पुग्छ । म पनि मिस नेपाल बनेकी भए स्वास्थ्यमा मद्दत गर्न अझ सजिलो हुन सक्थ्यो होला । डाक्टरले सोच्ने तरिका र मिस नेपाल दिएको साहस प्रयोग गर्न म गएकी हुँ । 

 

तपाईको परिवारको एउटा सदस्य मनोरञ्जन क्षेत्रमा नै छ, तपाईलाई पनि उहाँकै पथतिर जान मन लागेन ? 
कलाकारिता भनेको एउटा पेसा हो । यो कुनै प्रशिक्षण होइन । फेरि हामी कलाकारितामा लागेपछि त्यहाँ शतप्रतिशत दिनुपर्छ । त्यत्तिकै रमाइलोका लागि चलचित्र गर्न‘ भनेको समयको बर्बादी हो जस्तो लाग्छ । चलचित्र क्षेत्रमा आउने विषयमा मैले सोचिसकेको छैन । 

 

भर्खरै २३ वर्षको हुनुभयो तैपनि तपाई भित्रको जोश र जाँगर अच्चिमत पार्ने खालको छ, कसरी ? 
यो सबै हुनु भनेको सबैको आशीर्वाद र प्रेरणाले नै हो । अहिलेसम्म मेरो पूरै परिवार, साथीहरू र मैले अहिलेसम्म ज–जसलाई भेटेँ, मिस नेपाल र त्यहाँको साथीभाइलगायत सबैले गर्दा म आज यहाँ छु । 

 

चलचित्रहरुमा पनि काम गर्नुभयो ? 
मैले कक्षा ८ मा पढ्दा चलचित्र डा.खातेको अङ्ग्रेजी सबटाइटल लेखेकी थिएँ । यस्तै नेपाल साउथ अफ्रिका फिल्म फेस्टिभल र काठमाडौँ फिल्म फेस्टिभललगायतमा अवार्ड पाएको छु । त्यसपछि मैले तिज भन्ने वृत्तचित्रमा र राष्ट्रवादी गीत ‘त्यही सच्चा नेपाली’मा पनि सबटाइटल गर्ने मौका पाएकी थिएँ । राष्ट्रवादी गीतको भिडियोमा मैले अभिनय पनि गरेकी छु ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार