• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

तारा एयरको विमान दुर्घटनाः दिनभरको खोजी प्रयास व्यर्थै

पोखरा । पोखरादेखि मुस्ताङको जोमसोम उडान भरेको तारा एयरको ट्वीन ९एनएईटी विमान आइतबार बिहान दुर्घटना भएको छ । चालक दलका ३ र १९ यात्रुसहित उडेको विमान कहाँ दुर्घटना परेको हो भनी यकिन हुन सकेको छैन । खोजी कार्यमा चौतर्फी रूपमा शक्ति प्रयोग भए पनि सोमबार रातिसम्म विमान भेटाउन सकिएको छैन ।

 

मुस्ताङको थासाङ गाउँपालिका–२, नाउरीकोटमाथिको मानापाथी हिमाल फेदीमा विमान फेला परेको सूचना उद्धारमा खटिएको नेपाली सेनाको टोलीलाई दिए पनि पुष्टि हुन सकेको छैन । स्थानीयको भनाइ पछ्याउँदै गएको सेनाको हेलिकोप्टर अवतरण गर्न नसकेपछि सेनाले स्थलमार्गबाट त्यसतर्फ टोली पठाएको पठाएको छ । आइतबार बिहान ९ः५५ बजे पोखरा विमानस्थलबाट उडेको विमान केही समयमै सम्पर्कविहीन भएको थियो । १०ः१७ मा अवतरण गर्ने भनिएकोमा सो विमान १०: ११ पछि सम्पर्कविहीन भएको हो ।

 

जोमसोम विमानस्थलका प्रमुख पुष्कलराज शर्माले बिहान १०ः११ सम्पर्कमा रहे पनि त्यसपछि सम्पर्क टुटेको जनाए । विमानमा चालक दलका तीन सदस्यसहित २२ जना थिए ।खोजीमा मौसम भने बाधक बनेको थियो । तारा एयरको जहाज भेटिएको भनिएको स्थानमा पुग्न शेर्पा टोली (हिमाली क्षेत्रका आरोही) लाई पठाइएको छ । पोखरा विमानस्थलबाट कैलाश एयर र डाइनेस्टिकको हेलिकोप्टरले आइतबार साँझ दुर्घटना लोकेट (पहिचान) स्थान मानापाथी हिमाल फेदीनजिक उनीहरूलाई छोडेर फर्केको छ ।विजय नेपाल/ राजधानी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार