• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्व ४६ करोड बजेट

काठमाडौं । सरकारले आर्थिक बर्ष २०७९/८० का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्ब ४६ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा पेश गर्नुभएको बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि छुट्याईएको बजेट अघिल्लो बर्षको भन्दा २८ करोडले कम हो । 

 

सरकारले खेलकुदको पूर्वाधार निर्माणका लागि ८७ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । यसैगरी अर्थमन्त्री शर्माले नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का लागि दुई अर्व नौ करोड रुपियाँ बजेट विनियोजन गर्नुभएको छ । बजेटमा दुई दशकदेखि निर्माणाधिन रहेको मुलपानी क्रिकेट मैदानको आगामी बर्षभित्र निर्माण कार्य सम्पन्न गर्न आवश्यक बजेटको ब्यवस्था गरिएको उल्लेख छ । 

 

यसैगरी बजेटमा कीर्तिपुरको त्रिवि क्रिकेट मैदानलाई रात्रीकालीन खेल सञ्चालन गर्न मिल्ने बनाइने, एक स्थानीय तह एक खेल ग्राम निर्माण, खेलकुदको दिर्घकालीन विकासमा लागि २० बर्षे गुरुयोजनाको निर्माण र कार्यन्वयन, बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण, धनगढीको फाप्ला अन्तराष्ट्रिय खेल मैदान र खेलग्रामको निर्माण गरिने, १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको लागि आवश्यक भौतिक संरचना निर्माण गरिने उल्लेख छ ।गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार