• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

अफगानिस्तानमा भूकम्पको झट्का,२६ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । 

 

सोमबार ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएको पश्चिमी बाघिस प्रान्तमा सयौं घरमा क्षति पुगेको अल जजीराले जनाएको छ ।

 

प्रान्तका प्रवक्ताले समाचार एजेन्सीहरूलाई प्रान्तको कादिस जिल्लामा क्षतिग्रस्त घरको छाना खस्दा पीडितहरूको मृत्यु भएको बताएका छन्। भूकम्पमा परी ज्यान गुमाउने २६ जनामध्ये पाँच महिला र चार बालबालिका रहेको पनि प्रवक्ताले उल्लेक गरेका छन् ।

 

पहिलो भूकम्पको दुई घण्टापछि उक्त क्षेत्रमा ४.९ म्याग्निच्युडको दोस्रो भूकम्प गएको सञ्चारमाध्यमले जनाएका छन् ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार