• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
बिश्व

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार बढीमा कोरोनो पुष्टि, ३ सय ८५ जना संक्रमितको मृत्यु

काठमाडौं ।  भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या दैनिक ६.०२ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ६६ जना ओमिक्रोन भेरियन्टका संक्रमित थपिएसँगै यो भेरियन्टबाट संक्रमित हुनेको संख्या बढेको छ ।

 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ सय ८५ जना कोराना संक्रमितको मृत्यु भएको जनाएको छ । पछिल्लो पटक थपिएका मृतकको संख्यासँगै भारतमा हालसम्म कुल ४ लाख ८६ हजार ४ सय ५१ जना संक्रमितको मृत्यु भएको छ ।

 

हाल सक्रिय संक्रमितको संख्या १६ लाख ५६ हजार ३ सय ४१ रहेको छ भने निको हुने दर ९४।२७ रहेको छ । त्यस्तै दैनिक संक्रमण दर १९।६५ प्रतिशत रहेको छ ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार