• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
फेशन

मिसेज नेपाल वर्ल्डमा दीक्षा केसी र मिसेस नेपाल इन्टरनेशनलमा नायिका उषा रजकलाई उपाधि

काठमाडौं । काठमाडौंको बाफलकी दीक्षा केसी, विवाहित महिलाहरूबीचको नेपालकै सबैभन्दा ठूलो र सफल सौन्दर्य प्रतियोगिता वाइवाइ मिसेस नेपाल वल्र्ड २०२१ को उपाधि चुम्न सफल भएकी छिन् । नायिका उषा रजक मिसेस नेपाल इन्टरनेशनल र  पविता गिरी एमएस इन्टरनेसनल भए ।

 

शनिवार राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा चमक दमकका साथ सम्पन्न  प्रतियोगितामा प्रमूख निर्णायक सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोधेको उपाधि जिते तपाईंले कुन सामाजिक मुद्दालाई अगाडि ल्याउनु हुनेछ भन्ने निर्णायक प्रश्नको सटिक जवाफ दिँदै दीक्षा वाइवाइ मिसेस नेपाल वल्र्ड २०२१ को उपाधि चुम्न सफल भएकी हुन् ।

 

उनले लेडी विथ कम्प्यासनको उपाधिलाई पनि आप्mनो बनाइन् । वाइवाइ मिसेस नेपाल वल्र्डको उपाधि चुमेवापत दीक्षाले सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। यसै वर्षदेखि वाइवाइ मिसेस नेपाल वल्र्डको विजेतालाई मिसेस वल्र्डमा सहभागी गराउने गरी फ्रेन्चाइजी मिलाइएकाले सो अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको पहिलो सहभागी हुने आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले जानकारी गराए । 

 

सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमूख निर्णायक तथा अभिनेता राजेश हमाल, कोरियोग्राफर प्रशान्त ताम्राकार, नेपाल सुपर लिगकी अध्यक्ष अश्रेता कार्की चौधरी, नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष राजकुमार क्षत्री र ब्राजिल नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष अखिल चापागाईं प्रतियोगितामा  निर्णायकको रुपमा थिए ।  

 


उनीहरुले उपाधि चुमेवापत सन् २०२२ मा सिंगापुरमा हुने क्रमशः मिसेस इन्टरनेसनल र एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् । उषा मस्ट ट्यालेन्टेड र  मस्ट बोल्डको विजेता पनि भइन् ।रिबन इन्टरटेनमेन्टको आयोजना तथा कि एडभरटाइजिङको मार्केटिङ सहकार्यमा सम्पन्न प्रतियोगितामा सुनिता लामा मिसेस नेपाल वल्र्ड फस्ट रनर्सअप, राजश्री थापा मिसेस नेपाल वल्र्ड सेकेन्ड रनर्सअप र मनिता प्याकुरेल मिसेस नेपाल वल्र्ड थर्ड रनर्सअप भए ।

 

त्यसै गरी ।माधुरी कर्ण बेस्ट स्माइल, डाइनामिक भ्यूअर्स च्वाइस र प्रदेश  २ उद्योग तथा पर्यटन मन्त्रलाय मिसेस टुरिजम एम्बेस्डर, लक्ष्मी जोशी पब्लिक च्वाइस अवार्ड, सोनु मगर ढुंगेल वेस्ट हेयर, सुमिता लामा वेस्ट ¥याम्पवाक र मस्ट फोटोजेनिक, माला सुनुवार, मस्ट इंन्टलिजेन्ट, मस्ट डिसिप्लेन्ड, पवित्रा बानियाँ, मिसेस कन्जिनियालिटी,  जयन्ती राई, फेसन आइकन,  मनिता प्याकुरेल असम वेस्ट पर्सनालिटी, सुष्मिता खड्का मस्ट व्युटिफल, राजश्री थापा, मस्ट कन्फिडेन्ट, सुमित्रा पौडेल उप्रेती, मस्ट क्रियटिभ र मोनिका न्यौपाने, म्यानेजमेन्ट च्वाइस अवार्ड उपउपाधि विजेता भए।

 

 

कार्यक्रममा तीन दशकभन्दा लामो समयदेखि जीवन्त अभिनय र नृत्यकलाबाट लोकप्रियता कमाउँदै आएकी ख्यातिप्राप्त अभिनेत्री गौरी मल्ललाई चम्किलो क्राउन पहिराएर मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिएको थियो । उनको सम्मानमा विनु शाक्य र श्रीलक्ष्मी थापाले उनले अभिनय तथा नृत्य गरेको विभिन्न कालखण्डका गीतमा नृत्य प्रस्तुत गरेका थिए । यसअघि मिसेस नेपालको मञ्चमा रिवन इन्टरटेनमेन्टले अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरेको थियो । 

 

अश्विनीकान्त झाको कोरियोग्राफी र सञ्चालनमा सम्पन्न कार्यक्रम नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसाराणको थियो । प्रतियोगिता पूर्व मिसेस नेपाल चन्दा थापा गिरीको सह–कोरियोग्राफÞी तथा आकाश गिरी र गंगा महर्जनको संयोजनमा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार