• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

एमालेको १० औं राष्ट्रिय महाधिवेशन सुरु

 

चितवन । नेकपा (एमाले) को १०औं महाधिवेशन आजबाट सुरु भएको छ । नारायणी नदी किनारमा बनाइएको भव्य मञ्चअघि हजारौं कार्यकर्ताहरु जम्मा भइसकेका छन् भने नेताहरू आउने क्रम  जारी छ  ।

 

तीन दिनसम्म चितवनमा चल्ने महाधिवेशनको अध्यक्ष ओलीले पार्टीको झण्डा, चुनाव चिह्न र राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर उद्घाटन गरेका छन । 

 

भव्य मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित् भैसकेका छन् ।महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेपछि आजै उनी फर्कनेछन् । महाधिवेशनलाई सम्बोधन गर्न अन्य दलका प्रमुख एवं प्रतिनिधिसँगै विभिन्न देशबाट राजनीतिक दलका प्रतिनिधि चितवन पुगेका छन् ।

 

 

उद्घाटन समारोहमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले सम्वोधन गर्ने कार्यक्रम छ ।लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

 

 

एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम जारी छ ।चितवन एकसिङ्गे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको छ  ।महाधिवेशनमा एमालेले ५ लाख नेता तथा कार्यकर्ता सहभागी गराउने  जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार