• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

एकीकृत समाजवादीको ३३५ सदस्यीय केन्द्रीय कमिटीले पायो पूर्णता, झलनाथ खनाल सम्मानित नेता

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । 

 

३३५ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरिएको पार्टीका अध्यक्ष माधवकुमार नेपालले बिहीबार अन्तरपार्टी निर्देशनमा जनाइएको छ। अन्तरपार्टी निर्देशनमा केन्द्रीय कमिटीको विस्तार, नेताहरुको पदीय हैसियत तथा कार्य विभाजनबारे स्पष्ट खाका तयार पारिएको छ । 

 

अध्यक्ष नेपाल संसदीय दलको नेता तथा पार्टीको समग्र नेतृत्वको जिम्मेवारीमा छन् भने वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको हैसियतमा राखिएको छ । खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

 

यस्तै मुकुन्द न्यौपाने र प्रदीप नेपाल नेता छन् । न्यौपानेलाई उद्योग विणज्य विभाग प्रमुख र उद्योग व्यवसाय फाँट इन्चार्ज तथा नेपाललाई प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी दिइएको छ। ४२ सदस्यीय स्थायी कमिटी बनाएको एकीकृत समाजवादीमा ९४ सदस्यीय पोलिटब्यूरो छ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार