• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

साफले अन्याय गर्‍यो : अब्दुल्लाह अलमुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) प्रति आक्रोश व्यक्त गरेका छन् ।

 

प्रतिबन्धपछि आयोजित भर्चुअल प्रत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरीले आफूलाई प्रतिबन्ध गर्दै अन्याय गरेको बताए । उनले साफले आफ्नो नियमावली विपरित फाइनल खेलका प्रतिबन्ध लगाएको बताए ।

 

उनले भने, ‘साफले अन्याय गरेको छ । यो मलाई व्यक्तिगत रिसइवी साँध्न साफले कारवाही गरेको भन्ने लाग्छ । तर यो कारवाही म व्यक्तिलाई नभएर राष्ट्रिय टोलीको प्रशिक्षकलाई हो, नेपाली फुटबलमाथि कारवाही भएको हो ।’ प्रशिक्षक अल्मुताइरीले नेपाललाई उपाधि जित्नबाट बन्चित गर्न यो समस्या निकालिएको समेत बताए ।

 

'मलाई लाग्छ उनीहरु नेपालले जितेको चाहदैन र यो समस्या निकालेको छ । यो मेरो भावना हो तर तपाई साफको महासचिबलाई सोध्नु सक्नु हुन्छ,' उनले प्रश्न गर्दै भने, 'यदि कुनै भारतीय प्रशिक्षकको रातो कार्डबाट दुखी छ भने मलाई खेलबाट प्रतिबन्ध लगाउन आवश्यक छ ?' प्रशिक्षक अल्मुताइरीले आफ्नो अधिकार र प्रतिबन्धविरुद्ध फिफा, एएफसी र साफमा अपील गर्ने बताए ।

 

प्रशिक्षक अल्मुताइरीले लिग चरणमा श्रीलंका र बंगलादेशविरुद्ध पहेलो कार्ड पाएका थिए । जसको कारण साफले फाइनलमा उनलाई ‘डगआउट’ मा बस्न नपाउने पत्र दिएको थियो ।साफको फाइनलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार