• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024
मनोरञ्जन

गायिका अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहे’ सार्वजनिक

काठमाडौं। गायिका अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहे’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ। भिडियो गायिका अरुणाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो  ।

 

गीतमा कविता श्रेष्ठको स्वर, नरेन्द्रराज प्रसाईको शब्द र कुन्दनराज सुब्बाको संगीत छ। यमु शर्मा क्रिएशनको प्रस्तुति रहेको भिडियोमा शिल्पा पोखरेल र आयुश क्षेत्री (प्रिन्सेस) को अभिनय छ ।

 

भिडियोमा नवराज उप्रेतीको छायांकन, किरण गिरीको सम्पादन श्रीकृष्ण श्रेष्ठको मोसन ग्राफिक्स, यमु शर्माको कथा र आयुष क्षेत्रीको निर्देशन छ। यमु क्रिएशनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा घरेलु हिंसामा नारीको मौनतालाई देखाइएको छ। 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार