• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

नवनियुक्त गण्डकी र लुम्बिनी प्रदेश प्रमुखले लिए शपथ

तस्बिर : राष्ट्रपतिकाे कार्यालय

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

 

बुधबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

 

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै मन्त्रीहरू, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार