• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

एलेक्सको राष्ट्रिय कीर्तिमान,पहिलो हिटमा प्रथम

काठमाडौं। नेपाली खेलाडी एलेक्जेन्डर (एलेक्स) शाहले ओलम्पिकमा पौडीतर्फ आफ्नो हिटमा पहिलो हुदै राष्ट्रिय किर्तिमान कायम गरेका छन्। टोकियो एक्वाटिक्स सेन्टरमा भएको पुरुष १०० मिटर फ्रिस्टाइल प्रतिस्पर्धा शाहले ५३.४१ सेकेन्डमा सो दूरी पार गर्दै पहिलो हिटमा प्रथम भएका हुन् ।

 

एलेक्सले आफ्नै नामको कीर्तिमान सुधार गरेका हुन् ।  यस अघि एलेक्सको नाममा ५५.३८ सकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । उक्त हिटमा भुटानका तेन्जिन भु, माल्दिभ्सका मुबाल आजम इब्राहिम, कोसोभोका ओल्ट कोंड़ीरोलि, फिलिपिन्सका , गुएना र सोलोमन आइल्याण्डका खेलाडी रहेका थिए ।

 

एलेक्सले राष्ट्रिय कीर्तिमान बनाएपनि सेमिफाइनलमा स्थान बनाउन सकेनन् । उनी हिट चरणबाट बाहिरिए । यस स्पर्धामा प्रतिस्पर्धा गरेका कुल ७१ खेलाडीमध्ये एलेक्स ५९ औं स्थानमा रहे । हिट चरणबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाएका छन् । टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडीले सहभागी छन्।

 

अब गौरिका सिंहले प्रतिस्पर्धा गर्न बाँकी रहेको छ ।गौरिकाको प्रतिस्पर्धा आज बुधबार रहेको छ । गौरिकाले महिला १ सय मिटर फ्रीस्टाइलमै प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार