• आइतबार १-२३-२०८१/Sunday 05-05-2024
डबली

खतिवडाले ल्याए आफनो पहिलो 'भजन संग्रह'

काठमाडौं । डा.हेमन्त खतिवडाको 'भजन संग्रह' सार्वजनिक भएको छ । संग्रहभित्र आध्यात्मिक गीतहरुको समावेश रहेका छन्।

 

भगवान गणेश,राम, शिव, दुर्गा,हनुमान,सरस्वती, विष्णु कृष्ण,लक्ष्मीको भजनहरु संग्रहभित्र रहेका छन्। उक्त संग्रहमा १०६ वटा भजनहरु छन् भने आशा भोसले, साधना सरगम,कैलाश खेर,पण्डित जसराज, कुमार सानु लगायतका गायहरुको संग्रहमा आवाज रहेको छ ।  

 

यसभित्र कतिपय क्लासिकल भजनहरू छन् भने केही भजनको प्रचलित परम्परा भन्दा फरक किसिम छन्। मृत्युलाई पनि उत्सवको रुपमा चित्रण गरेर भजनहरु लेखिएका छन्। जीवन जस्तै मृत्यु पनि उत्सव हुनुपर्छ भन्ने खालका भजनहरु संगह्रमा रहेका छन् । 

 

'आध्यात्मको गहिराइमा डुबेर लेखिएका भजनहरुले उत्प्रेरणा र प्रेरित गर्ने खालका जीवन दर्शन बुझाएको छु',खतिवडाले भने । खतिवडाको यो पहिलो भजन संग्रह हो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार