• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

भारतमा कोरोनाको उपचारमा प्रयोग गर्ने नयाँ औषधिलाई आपत्कालीन अनुमति

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा स्थानीय रूपमा विकसित एउटा नयाँ औषधिले स्वीकृति पाएको छ।

 

औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टू-डीजी (2-DG) नामक औषधिलाई प्रयोगको आपत्कालीन रूपमा अनुमति दिएको हो।

 

कोभिडबाट अति प्रभावित राजधानी दिल्लीका अस्पतालहरूमा यो औषधि पहिलो पटक प्रयोग गरिनेछ। सरकारले जारी गरेको विज्ञप्तिमा उक्त औषधि कोभिडबाट पीडित भएकाहरूका लागि अत्यन्तै लाभदायक" रहेको उल्लेख छ।

 

टू-डीअक्सी-डी-ग्लुकोज (2-deoxy-D-glucose) वा टू-डीजी औषधि डिफेन्स रिसर्च डिभलप्मन्ट अर्गनाइजेशन (डीआरडीओ) ले डक्टर रेड्डीज नामक गरेको औषधि उत्पादकसँगको सहकार्यमा विकास गरेको हो। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार