• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

फ्याट्टै’मा आश्माको पछि राहुल, सरोज र जिबेश 

काठमाडौं। चर्चित गीत ‘ओए’को सफलतापछि ‘ओए-२’को भिडियो रिलीज भएको छ ।

 

‘फ्याट्टै’ बोलको यस गीतमा नबिन रावल, बादल थापा र स्मिता दाहालको स्वर रहेको छ । नबिन रावलको संगीत तथा मिलन बिष्टको शब्द रचना रहेको छ । यस गीतको भिडियोमा युवापुस्ताका चर्चित कलाकारहरुको नृत्यसहितको अभिनय रहेको छ ।

 

राहुल शाह, सरोज अधिकारी, आश्मा विश्वकर्मा र जिबेश गुरुंगको अभिनय रहेको भिडियोका निर्देशक, कोरियोग्राफर तथा कथाकार राहुल शाह हुन् । भिडियोमा राहुलले संचालन गर्दै भाईव एण्ड वेभ ग्रूपको नृत्य रहेको छ । गीतमा ट्रयांगल लभ स्टोरी देखाउन खोजिएको छ ।

 

सुप्रिम पराजुलीले सम्पादन गरेको यस गीतको भिडियोलाई पवन सुस्लिंगले छायांकन गरेका छन् । निर्माता मनोज बस्नेत हुन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार