• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

सरकारद्वारा फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

 

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा पुनर्स्थापनापछि शुक्रवार पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो । 

 

सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसमा गएको पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै गएको मङ्गगलबार १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार बेलुका शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार