IPO को नतिजा अब ‘मेरो सेयर, बिक्री प्रबन्धक र निष्कासन भएको कम्पनीको वेबसाइट’मा मात्रै
काठमाडौं । लगानीकर्ताको व्यक्तिगत विवरणको गोपनीयतालाई ध्यानमा राख्दै ‘मेरो सेयर, बिक्री प्रबन्धक र निष्कासन भएको कम्पनीको वेबसाइट’मा मात्रै आईपीओ नतिजा राख्ने सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।
सञ्चारमाध्यममा आईपीओलगायत अन्य धितोपत्र निष्कासनको नतिजा नपठाउन सीडीएसले निर्देशन दिएको छ ।
गोपनीयतलाई ध्यानमा राख्दै अब आधिकारिक निकायको वेबसाइटमा मात्रै आईपीओ नतिजा राख्ने सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिएका छन ।
आधिकारिक निकायबाट मात्रै आईपीओ नतिजा हेर्न सक्ने व्यवस्था गरिएको उनले बताए ।
फागुन १४ गत बाँडफाँड हुन लागेको महिला लघुवित्तको आईपीओबाटै उक्त व्यवस्था लागु हुने आचार्यको भनाई छ ।
प्रतिकृया दिनुहोस