• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

केपी ओली नेकपाबाट निस्कासित !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधवकुमार नेपाल समूहले नेकपाबाट केपी शर्मा ओलीलाई निस्कासित गरेका छन्। पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो।

 

यसअघि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले ओलीलाई पार्टीबाटै निकालिएको घोषणा गरेका थिए। आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको हो ।

 

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकै दिन पुस ५ मा बसेको स्थायी कमिटीका बहुमत सदस्यको बैठकले ओलीमाथि पार्टी अनुशासनको कारबाही अगाडि बढाउने निर्णय गरेको थियो। त्यहिअनुसार पुस ७ को केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई ल्याएको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार