• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना भएको पुष्टि गरेका हुन् ।

 

'मलाई कोरोना संक्रमण भएको छ । ममा केही लक्षणहरु पनि देखिएको छ । तर, अहिले मेरो स्वास्थ्य अवस्थामा सुधार हुँदै आइरहेको छ । म आइसोलेसनमा छु,' सन्दीपले फेसबुकमा पोष्ट गरेका छन् । 

 

सन्दीपले आफू ‘होम आइसोलेसन’मै रहेको र चाँडै मैदानमा उत्रने बताएका छन् । त्यस्तै उनले आफूलाई सबैको प्रार्थनाको खाँचो हुने बताएका छन् । यसअघि नेपाली टोलीका अन्य चार खेलाडीमा पनि कोरोना संकमण देखिएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार