• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

पारस आईसीसी अवार्डका लागि मनोनयनमा

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान  पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एशोसिएट प्लेयर अफ द डिकेड पुरस्कारका लागि मनोनयनमा परेका छन् । 

 

आईसीसीले एक दशकसम्म उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेटरलाई विभिन्न बिद्यामा पुरस्कृत गर्न लागेको हो। स्पिरिट अफ क्रिकेट,आईसीसी एसोसियट क्रिकेटर,आईसीसी महिला एसोसियट क्रिकेटर, महिला क्रिकेटर, पुरुष क्रिकेटर,ओडिआई पुरुष र महिला क्रिकेटर, टेष्ट क्रिकेटर, लगायत विधाको मनोनयन सार्वजनिक गरेको छ।

 

आईसीसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई सम्मानित गर्न लागेको हो। अवार्डको मिति भने अहिले तोकिएको छैन । विजेताको नाम भोटको आधारमा छनोट गरिनेछ ।

 

३३ वर्षीय पारसले नेपालले एकदिवसीय मान्यता प्राप्त गरेयता ६ अन्तर्राष्ट्रिय एकदिवसीयमा २३५ रन बनाएका थिए भने १५ टी ट्वान्टीमा  ७७४ रन बनाएका छन् । एकदिवसीय खेलमा उनले एक शतक र एक अर्धशतक समेत बनाएका थिए । 

 

 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार