• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

नेकपा सँगै कांग्रेस सती जानु हुँदैन : कांग्रेस नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले   सभापति शेरबहादुर देउवालाई नेकपा सरकारसँग सहकार्य गरेर जान नहुँने बताएका छन ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका प्रधानमन्त्रीले काँग्रेसलाई सरकारमा सहभागी भई ८ मन्त्रालय लिन आग्रह गरेको समाचारमा कडा टिप्पणी गर्दै नेता गुरुङले  आलोचना गरेका छन ।

 

सामाजिक संजाल ट्वीटरमा गुरुङले लेखेका छन, ‘श्रद्धेय सभापति ज्यु यदि यो समाचार सत्य हो भने म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु,कांग्रेसलाई ५ बर्षको लागि प्रतिपक्षमा रहेर कार्य गर्ने जनादेश छ। नेकपाको सत्ता-भाँडभैलोमा सहभागी भएर नेकपासँगै कांग्रेस सती जानु हुँदैन।’ 

 

प्रधानमन्त्री ओलीले देउवालाई रिक्त रहेका संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न भन्दै बोलाएका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार